(कसैलाई वास्तविक लागेमा, संयोग मात्र हुनेछ ।।)
Dear,तिमी
कहिलेकाहीं
एक्कासि बाटो काट्न आउने केहि सुमधुर दृश्यहरु, कहिलेकाहीं दृश्यहरुमा ओहोरदोहोर
गर्ने शब्दहरु र कतैकतै पोखिने मनका केहि ठट्यौलि, केहि गहिरो भावनाहरुका शब्द
देख्दा, लाग्छ तिमी ठिकै छौ जिन्दगी जिउनेक्रममा ! न राम्रो न नराम्रो, ठिकै !
जिन्दगि यसरी चल्दै गर्दा नि रमाइलो नै हुन्छ होला, म त्यति ठम्याउन सक्ने
अवस्थामा आज छैन । जे होस्, छरिने ति मुस्कानहरुलाई संगाल्न पाउँदा म पनि खुशी नभई
रहन सक्ने अवस्था छैन, म खुशी नै छु, खुशी देख्न चाहेकाहरु खुशी हुँदा ! तर चिन्ता
यति हो, खुशी देखिएका ओठ र आँखाहरु बीच उही संदेश संचार होस्, एकले अर्काको भन्दा
भिन्न संदेश प्रवाह नगरुन !!
धेरै
भयो शब्दहरुले एकअर्काको चौघेरा नाघेर एक अर्काको आँगनमा नखेलेको । त्यसैले अचेल
अर्थ र सन्दर्भहरु बुझ्न पनि निकै रस्साकस्सी गर्नुपर्ने अवस्था आउँछ, दिमाग धेरै
सोच्छ , न सोच भन्दा भन्दै ! आज सोचें कसैले नपढ्ने एउटा चिठी लेखौं अनि आफैले
पढौं हरेक शब्दहरु ! बस शब्दहरु थुनिनु भन्दा पोखिएकै राम्रो, होइन त ? प्रश्न नि
कसलाई सोध्नु छ र ? जब उत्तर दिने म आफै छु ! खैर ! लेख्नु त छंदै छ, म लेख्दै छु
! आफुले पाएको, नेपालीमा भन्दा "लेखक" र अंग्रेजीमा भन्दा
"राइटर"को उपाधि बचाइराख्न र त्यो भित्र गाँसिएको भावनाहरुलाई संगाल्न
पनि म लेखिरहन्छु ! आशा गर्छु मेरा कलमहरु नथाकुन, म थाके पनि !!
कुनै बेला शब्दहरु ठोक्किए भने ख्याल गर्नु शब्द
तिनै हुन्, भावना पनि तिनै हुन् , जो हिजो थिए र जो आज पनि बाँचीरहेछन । लेख्दै
गर्दा आज केहि दिनहरु सम्झिन्छु, एउटा, एउटा दिन ! तिम्रो मानसपटलमा ति दिनहरु
खेल्छ, खेल्दैन्न थाहा छैन ! तर आफै संग बोल्दैछु, अनि यसो लाग्छ तिमीलाई ति
दिनहरु ख्याल नहोला, तिम्रो लागि संधै घट्ने घटना मध्ये केहि नौलो "ए! होर !
" भन्ने दिन नै होला , वा कुनै औपचारिक निरन्तरताको एउटा पट्यार लाग्दो दिन !
तर आशा गर्छु, त्यसो नहोस ! यो भन्दा बेसी म अरु केहि भन्ने र बिश्लेष्ण गर्ने पक्षमा
छैन । बारम्बार प्रश्नहरु आफैलाई तेर्साउँछु अनि उत्तर खोज्ने प्रयास गर्छु,
भेट्टाउँदिन ! किन, कसरी, के कारण ले ? म खोज्छु आज पनि तर दुखसाथ भन्नुपर्छ, म
भेट्टाउँदिन !
Dear,तिमी