सधैं झैं
मेरो शहरले, आज पनि अन्धकार देख्यो
कसैले नसुन्ने, त्यो एउटा चित्कार लेख्यो ।
म बाचुन्जेल सम्म नमेटिने,
खै किन हो ? कसले ? यो शुन्यता लेख्यो
मेरो शहरले, आज पनि अन्धकार देख्यो ।।
बलिरहेको बत्ति मुनि, सधैं एउटा अँध्यारो कोर्यो
हाँसो-मजाक बीच, सधैं एउटा निराशा
रोज्यो ।
किन किन मलाई पनि उदेक लाग्छ,
के पाउन हो ? विधाताले यो कथा लेख्यो
मेरो शहरले आज पनि अन्धकार देख्यो ।।
भुलाउन खोज्छु, तस्विर सामु आउँछ
त्यहि तस्विर हेर्दै मन पनि रोयो
निको नहुने एउटा घाउ, फेरी दुख्यो
सान्त्वना दिन हातले, एउटा बेदना
लेख्यो;
सधैं झैं
मेरो शहरले, आज पनि अन्धकार देख्यो ।।
२९०७२/०७/२५ बिमोचन घिमिरे !