कुनै रात्रीकालीन
जमघटमा
एक कान, दुई कान हुँदै
चुपचाप
शब्दहरुको लिलामी भएछ !
संगै बिकेछ्न
पवित्र भावनाहरु
प्रत्येक चुस्कीमा ।
विश्वासका जग हल्लिएका
बेला
जब सिङ्गो छत बजारिन्छ
शब्दहरु कसरी सुरक्षित
रहलान ?
उडिरहेका बाजहरु
टप्प-टप्प टिप्दै,
शब्दहरु ;
भतेर खान लालायित
हुँदा
कुरुक्षेत्रमा
लडिरहेका भिष्म सरह
निरीह शब्दहरु,
कसरी परिचय लुकाउँदै
अस्तित्व जोगाउँदै
सयर गर्लान, भावनाका डुङ्गाहरु ?
प्रत्येक हरफहरु,
एम्बुसको जालमा परेर
क्षतविक्षत, भए भने ?,
कसले दिन्छ उत्तर ?,
तेर्सिएका प्रश्नहरुको ?,
रेटिएका यथार्थहरुको ?
क्षेत्राधिकार नाघ्दै
मोलमोलाईमा रमाउँदा;
ति नङ्गाइएका शब्दहरुको,
चित्कार किन सुनिएन ?
बन्द कोठामा बारम्बार
भावनाहरु
बलात्कृत हुँदा
मानवता
किन जागेन ?
के ?
आज तिनका भयभित आँखा
हेर्ने सामर्थ्य छ ?
निमन्त्रणा छ, हेर्न
आउनु;
कति डराएका छन,
शब्दहरु
कुनै चियागफ भन्दा पनि
सस्तो भए जस्तै;
कति अत्तालिएका छन !
आफ्नै आँखा अगाडी
आफु बेचिएको, देखेका
मेरा
ति असुरक्षित शब्दहरु ।।
२०७४/०८/१९