धेरैलाई
पर्खाइ गयो
धेरैलाई
रुवाई गयो
एउटा
थियो साथी पुरानो
आज
बिलाई गयो ।
थियो
दुश्मनी केहि
केहि
थियो मनमुटाव
त्यो
दन्किएको आगोमा
मनपगाली
गयो
एउटा
थियो साथी पुरानो
आज
बिलाई गयो ।
बुढेशकालको
नौलो साहरा
एक्लो
जीवनको नौलो चिनारी
थियो
कसैको दिलको धड्कन
एकवचन
नबोली, बिदा भयो
एउटा
थियो साथी पुरानो
आज
बिलाई गयो ।
नौलो बिहानी संघारमै रोकियो
बर्षौंको
सपना क्षणभरमै तुहियो
मानवताले
दिएको तितो उपहार
कयौं
अतृप्त आत्मा संगै उ पनि हरायो
एउटा
थियो साथी पुरानो
आज
बिलाई गयो ।
तर
छोडेर
गयो धेरैलाई निशानी
सिकायो
पाठ झर्को नमानी
बिरलै
आउला फेरी यस्तो साथी
याद
मात्र अब बाँकी रह्यो
एउटा
थियो साथी पुरानो
आज
बिलाई गयो ।।
२०७३/०१/३१
शुक्रबार
रात
११:१५