Friday, May 13, 2016

बिलाई गयो



धेरैलाई पर्खाइ गयो
धेरैलाई रुवाई गयो
एउटा थियो साथी पुरानो
आज बिलाई गयो ।

थियो दुश्मनी केहि
केहि थियो मनमुटाव
त्यो दन्किएको आगोमा
मनपगाली गयो
एउटा थियो साथी पुरानो
आज बिलाई गयो ।

बुढेशकालको नौलो साहरा
एक्लो जीवनको नौलो चिनारी
थियो कसैको दिलको धड्कन
एकवचन नबोली, बिदा भयो
एउटा थियो साथी पुरानो
आज बिलाई गयो ।

 नौलो बिहानी संघारमै रोकियो
बर्षौंको सपना क्षणभरमै तुहियो
मानवताले दिएको तितो उपहार
कयौं अतृप्त आत्मा संगै उ पनि हरायो
एउटा थियो साथी पुरानो
आज बिलाई गयो ।

तर
छोडेर गयो धेरैलाई निशानी
सिकायो पाठ झर्को नमानी
बिरलै आउला फेरी यस्तो साथी
याद मात्र अब बाँकी रह्यो
एउटा थियो साथी पुरानो
आज बिलाई गयो ।।

२०७३/०१/३१ शुक्रबार
रात ११:१५



ShareThis