लाग्छ
समय यहीं रोक्कियोस
तिमी
र म संगै हुँदा
तिमी
बोलिरहनु
म
सुनीरहन्छु
हामी
अगाडिको त्यो हिमाल हाँसिरहोस्
म
यिनै कुरा कल्पेर बस्छु एकान्तमा
तर
वास्तविकता
कल्पना
भन्दा फरक छ
समयको
रफ्तार छ
भविष्यको
अन्योलता छ
अनि
छुट्टिनु पर्ने बाध्यता
अन्तिम
पलसम्म तिम्रा स्मृतिहरु
आँखामा
संगाल्न
गह्रौं
मन लिएर भएपनि
बिदाईमा
हात हल्लाउँछु
समयले
कुनै दिन तिनै परिवेश बीच
पुन:
भेटाउनेछ हामीलाई
रोमान्चित
त मन त्यो पल कल्पेर पनि हुन्छ
तर
आँखा खोल्दाको यथार्थताले
खोई
किन झस्काउँछ ?
ति
बोलिहरुको अभाव खड्किन्छ
ति
आत्मीय स्पर्शको कमि महशुश हुन्छ
सामिप्यताको
त्यो पल सम्झिन्छु
आँखा
त्यसै रसाउँछ
कल्पनामा
तिमी संगै बोल्छु
ति
हरेक क्षण आँखा अगाडिबाट गुज्रिन्छ
कहिलेकाहीं
त लाग्छ
तिमीलाई
पनि यस्तो हुन्छ कि हुँदैन ?
म
जस्तै तिमी पनि यसरी कल्पिन्छौ किन कल्पिन्नौ ?
मैले
सम्झिँदै गरेका कुरा, तिमीसम्म पुग्छ कि पुग्दैन ?
तिम्रो
सरलता, देखाउने आत्मियता र तिम्रा आँखा हेर्दा
लाग्छ,
हुन्छ,
तिमीलाई पनि मलाई जस्तै हुन्छ
तिमी
पनि म संग कल्पनामा कुरा गर्छौ
अनि
हाम्रो वार्तालाप, यसरी नै सधैं चलिरहन्छ
खोई
के हो यो ?
म
प्रश्न गर्छु ...
आफै
भित्र गुन्जिरहेको आवाज सुन्छु,
"माया"