Wednesday, March 12, 2014

तिमीलाई .......


शब्दहरुमा गहिराई डुबाएर पठाएँ
आफ्नै मनका बहहरु लुकाएर पठाएँ

तिमी हाँस्दा खुशी हुन्छ मन,
मुरीकामुरी शुभकामना सम्हालेर पठाएँ
आफ्नै मनका बहहरु लुकाएर पठाएँ

कहिलेकाहीं आत्तिएर रुँदा मन,
सम्हाल्दै आफुलाई मुस्कान संगालेर पठाएँ
आफ्नै मनका बहहरु लुकाएर पठाएँ

एक्लो हुँदा मन मेरो,
कति कति भावनाहरु कोरेर पठाएँ
आफ्नै मनका बहहरु लुकाएर पठाएँ

खोई कति बुझ्यौ मनको कुरा ?
हरेक भेटमा मायाको फूल टिपेर पठाएँ
आफ्नै मनका बहहरु लुकाएर पठाएँ
शब्दहरुमा गहिराई डुबाएर पठाएँ ।।
    २०७०/११/२८
   Copy right 2014 ©बिमोचन घिमिरे  

  

ShareThis