जब उमेर बढ्दै गयो
यथार्थहरु खुल्दै गए ...
कोमल छातीहरुमा
सत्यताको वाण, रोपीए !
हिजो हुर्किएको सुन्दर परिवेश
एकाएक आफ्नाहरुको समसान लाग्दै
गयो
बाल्यकालको परीका कथाहरु,
हाँसो, खुशीका रंगहरु
फिक्का लाग्दै गयो ।
स्कुल गएर घर फर्किदा होस्,
कुनै चोटले दुख्दा होस्
रमाएको क्षण नै किन नहोस
म लुटपुटिने
ती न्यानो अंगालो
बिरानो लाग्दै गयो ।
ऐन अगाडी आफैलाई सुन्दर थान्ने
म
आफुलाई एक बस्तु झैं देख्छु !
मेरो चिनारी हराएको छ
आफ्नाहरुको भिडमा ।
रातको सन्नाटा, चिच्याहाटमा
बदलिंदा,
प्रत्येक स्वासमा, आलो लास
गनाउँदा,
आँखा अगाडी ति अतृप्त आत्माहरु
नाँच्दा,
मेरो हरेक पल
डरलाग्दो सपना भएर, बिपनामा
पछारिन्छ ।
अनि !
चिच्याउँदै सोध्न मन लाग्छ,
तिम्रा हातहरुलाई ?
तिम्रा सोचहरुलाई ?
आखिर
कुन इक्षा पुरा गर्न सकिन मैले ?
के
कमजोरी देख्यौ ?
कुन
भविष्यको डरले सतायो तिमीलाई ?
कथित आधुनिक समाजको
कुन पुरातन सोचले, गिजोल्यो
तिमीलाई ?
कि
एउटा पराग भेट्टाउने होडबाजीमा
कयौं अवोध कोपिलाहरू
मार्दै गयौ ??
२०७३/१२/०९/ बुधबार