सुस्तरी-सुस्तरी
ताराहरुको
स्थान
फेरिएको छ
हाँस्ने-रुवाउने
बिषयहरुको यहाँ
सवाल
फेरिएको छ
एक्लै
गन्दै बितेका दिनहरुसंगै
आज सिङ्गो एउटा साल फेरिएको छ ।
आउने-जाने
अक्षरहरुको आज
बजार
फेरिएको छ
भित्तामा
पोतिने रंगहरुको
रफ्तार
फेरिएको छ
किन
फेरियो ?
बिगतमा
कोरिएका अनेकन कहानीहरु
सोध्दा-सोध्दै आफैलाई कारण;
आज
सिङ्गो एउटा साल फेरिएको छ ।
फेरियो
लेखेका अनेकन शब्दहरुको अर्थ
फेरियो
आउने-जाने सन्देशहरुको मार्ग
हेर्दाहेर्दै
दिनहरु रात हुँदै गए
आज, आँखै
अगाडी
कहिल्यै
नचिताएको,
सिङ्गो
एउटा साल फेरिएको छ ।
कस्तो
रङ्गमञ्च?, नाटक कस्तो-कस्तो ?
सम्बन्धहरुको भिडमा, नयाँ स्वाद फेरिएको छ
जिन्दगीलाई चिनाउने आज, नाम फेरिएको छ
नहुँदा छेक्ने, लोभी तगारो
आज
सिङ्गो एउटा साल फेरिएको छ ।
उही छन
भित्ताहरु तर खबर फेरिएको छ
लेख्ने
कलमहरुको यहाँ मसी फेरिएको छ
खाली
पानाहरुमा खोज्दा-खोज्दै, हराएका अवशेषहरु
सुटुक्क !
आज
सिङ्गो एउटा साल फेरिएको छ ।
तस्विर
उही छ तर मुस्कान फेरिएको छ
यात्री
उही छ तर यात्रा फेरिएको छ
अनेकन
उत्तरहरुको यहाँ प्रश्न फेरिएको छ
नियतिले
दौडाएको कदमहरुमा रुमलिंदै
समयले
थुपारेको सन्नाटामा निस्सासिंदा
अन्यौलता
बीच
विगतले
सिकाएको पाठ बुझ्न नभ्याउँदै
अचम्म
लाग्छ !
कति
छिटो
आज सिङ्गो एउटा साल
फेरिएको छ ।।।
२०७३/०७/२२ सोमबार