Monday, January 12, 2015

प्रेमी !


कबि कबिता हुनुपर्छ रे
कबिता कबि हुनुपर्छ रे
तर
मेरो कबिता संधै तिमी भयौ
तिमी संधै मेरो कबिता बन्यौ
हरेक शब्द शब्दमा तिमी अटायौ
हरेक पानामा तिमी छरियौ
हरेक भावाना तिमी बस्यौ
हरेक सम्झनामा तिमी हाँस्यौ
अनि म पागल भएँ, त्यहि कबिता पढेर 
त्यसैले
म कहिल्यै कबि भइन
संधै प्रेमी भएँ
पागल प्रेमी !!

२०७१/०९/२८ © बिमोचन घिमिरे


ShareThis