Sunday, May 20, 2012

उठेका पाइला

  आज बिहानै देखि उसका आँखा ओभाएका छैनन् । अविरल धाराहरु बगिरहेका छन् ,मानौं धैर्यताका बाँधहरु भत्किएका छन् , एकता खल्बलिएका छन् र ठुला ठुला चोटहरुले छाती छिया -छिया भएका छन् ।
  आज नेपाल बन्द ,देशै   ठप्प छ । बिगत दुई-तिन हप्ता देखिन् ऊ घरैमा कोच्चिन बाध्य छ ।जतियताका मुद्धा उठाई विभिन्न अवसरवादी जातिय संघ ,संस्था ,पार्टीले गरेको बन्दका कारण उसका दैनिक किर्याकलाप पनि थूनियाको छ । बाटो-घाटो सुनसान प्राय: छ र जनजीवन आतंकित र पिरोलिएको छ ।
   सधैँ खाली समय त्यत्तिकै बित्दै गर्दा उसलाई दिक्क लाग्नु स्वभाविकनै हो ,त्यसैले आज ऊ किताब पढि केहि भए पनि राहत पाउने शुरमा बिहानै देखि कस्सिएको थियो ।आँगनको पिंढीमा बसेर ऊ  आज आफ्नै देश नेपालको इतिहास पढ्ने जमर्को गर्दै थियो । तर किताब पढ्दा-पढ्दै ऊ मनै थाम्न  नसकी आँसुका अविरल धारा चुहाँउदै रोयो ।इतिहासले दर्साएको नेपालीको गाथा आज उसलाई खल्बलिएको आभास भएको छ । हाम्रा पुर्खाले जोडेको  सहिष्णुता ,भाइचारा ,जातीयताको नाता आज उसलाई चर्किदै गएको महशुस भएको छ ।
 जति- जति ऊ किताबका पानाहरु पल्टाउदै जान्छ त्यति-त्यति त्यहाँ वर्णित नेपाली एकता, भाइचाराका अनुपम नमुना ,वीरताको गर्भिलो इतिहास र आज उसकै आँखा अगाडी देखिरहेको जातीय बैमनस्यताको डरलाग्दो रुप बीचको तुलानात्मक नेपालको दृश्य सोचेर ऊ  भित्रको राष्ट्रियता हड्बढाउँछ ,डराउँछ र देशको भविष्य सोचेर ऊ  शिथिल ,कमजोर हुन्छ र भकांनिदै जान्छ तर पनि मन सम्हाल्दै स्वाभिमानी पुर्खाका राष्ट्रियताले भरिएका गाथा ऊ  गर्भ साथ पढ्दै छ ।
 एक्कासी ठुलो आवाजका साथ ऊ किताब बन्द गर्छ । जग हल्लाउने जोशका साथ जुरुक्क उठ्छ र किताब माथि हात राख्दै ठुलो बल र अठोटका साथ ऊ चिच्चाउँछ ,"यी माहान पुर्खाहरुको कसम !, यिनले नासोको रुपमा सुम्पिएको यो मुलुक भत्काउन खोज्ने , छिया-छिया पार्न खोज्ने ति तमाम शक्ति विरुद्ध म लड्छु । म भित्रको राष्ट्रियता अब डगमगाउने छैन ,डराउने छैन । नशा- नशामा बगेको गोर्खालीको रगत खेर जान दिने छैन । म मरूँला ,देश मर्न दिने छैन....
.... यति भन्दै ऊ किताब बोकेरै घर छोड्दै बाहिर निस्क्यो ।
   पारि क्षितिजमा सूर्यलाई छेक्दै गरेको कालो बादल फाट्दै छ ,घामका सुनौला प्रकाश धर्तीलाई आफ्नो आलिंगनमा बाध्न हतारिंदै छन् ..........
                                                                                बिमोचन घिमिरे
                                                                     २०६९-०२-०७                                                                                   Copyright © 2012 बिमोचन घिमिरे

ShareThis