Wednesday, June 22, 2016

क्रन्धन


शब्दहरु पिउंदै
आँशुहरु सजाएर
छिप्पिदै गएको रातको सन्नाटामा
आफ्नो चारकुने परिधिभित्र
ऐना अगाडी
मेरो म र म स्वयमका
राता-राता आँखा नियाल्दा
किन किन अचेल लाग्न थालेको छ
मैले आँखाहरुमा दृश्य
अडाउन छोड्नुपर्छ अब
मानसपटलमा तरङ्ग
फैलाउन छोड्नुपर्छ अब
खाली पानामा अक्षर दौडाउँदै
हराएका आवाजहरु
खोज्न छोड्नुपर्छ अब
हो ! कहिलेकाहीं यहि यथार्थले
पिरोल्छ मलाई
उप्रान्त कलम चलाउन
छोड्नुपर्छ अब ।। 

२०७३/०३/०७ मंगलबार
(रात ११:२३)

बिमोचनघिमिरे

ShareThis