Thursday, November 6, 2014

सम्झना


सम्झनामा आज,
त्यहि आँशुको, झझल्को आयो
झारेका तिमीले सम्झनामा कतै
गुगल 
त्यो बिरानो देश, कल्पनामा आयो ।

सत्यताको तितो जहरले होला
झरेका थोपा, आज आँखामा आयो ।

खबर त्यो, ताजा छ अझै
बिगत त थियो बर्तमान पनि होला
त्यो चिसो सम्झना, आज आँखामा आयो ।

गोधुली साँझ एक्लै छ आज
डांको छोड्दै, कराएको उसले
आँखामा फेरी, सम्झना आयो ।

जुनको शित ,आँखाको आँशु
शब्द बन्दै पानामा आयो
सम्झाना बन्दै आँखामा आयो  
त्यो बिरानो देश कल्पनामा आयो
त्यहि आँशुको, झझल्को आयो ।।
 २०७१/०७/२० बिमोचन घिमिरे   




ShareThis