Saturday, January 24, 2015

एकदिन !!

  
लेख्नेछु आफैलाई एकदिन, पानाहरुमा
सिध्याउने छु आफैलाई एकदिन, कथाहरुमा

 खोजी-खोजी पढ्नु, मलाई त्यसपछि
पोखाउने छु आफैलाई एकदिन, शब्दहरुमा 
थुनाउने छु आफैलाई एकदिन, किताबहरुमा

 नसुनेका ब्यथा , नभनेका कथा
भट्टाउने छु आफैलाई एकदिन, बजारहरुमा
बिकाउने छु आफैलाई एकदिन, हजारहरुमा
गीराउने छु आफैलाई एकदिन, नजरहरुमा

नआउनु त्यसपछि, खोज्दै मलाई
लडाउने छु आफैलाई एकदिन, बगरहरुमा
उडाउने छु आफैलाई एकदिन, धुँवाहरुमा  
सिध्याउने छु आफैलाई एकदिन, कथाहरुमा ।।


२०७१\१०\९ © बिमोचन घिमिरे  

ShareThis