Wednesday, January 1, 2014

खोज !!


म त्यहि,
हाँसोको प्रतिक्षामा छु,
अभावबाट टाढिएको हाँसो,
दु:ख-कष्टबाट बाहिरीएको हाँसो ।  

अनेक छि:छि, दुर-दुरको
चौघेरालाई नाघ्दै
कृत्रिमता भन्दा निकै पर
निकै माथि उठेर
भौतिकवादका काँडेतारलाई काटेर
खुल्ला आकाशको
अन्तहीन सीमालाई नाप्दै
निकै पर
वास्तविकता भन्दा धेरै पर
कल्पना भन्दा निकै पर
हाँसिरहेको म
हो ! म त्यहि म
चिन्ने दौडाहामा छु
म त्यही म हुने
प्रयत्न गर्दैछु
म त्यहि म
चिन्ने प्रतिक्षामा छु
हो ! म त्यहि उन्मुक्त
हाँसोको प्रतिक्षामा छु ।।

 २०७०/०९/१६

ShareThis