Monday, February 27, 2012

देश सम्झन्छ सबैलाई

देश खोज्दछ सबैलाई 
देश हेर्दछ सबैलाई 
फगत! आभाष नभएको होला 
देश सम्झन्छ सबैलाई ||

बिर्सने देश होईन! ब्यक्ती बिशेष होला 
देश आफ्ना सपुतलाई सम्झी रोइरहन्छ 
धर्ती छोडी जानेलाई बोलाईरह्न्छ 
फगत! हामी महशुस गर्न असमर्थछौँ 
देश एकान्तमा घुँक घुँक रोइरहन्छ ||

देश विकटता झेलिरहेछ 
सन्तान सुगम्ताको लोभमा उडिरहेछ 
देश रिस पोख्दैन कसैलाई 
देश कसैसँग भिख माग्दैन 
उ आफ्ना सन्तान आउलान्,भनी बाटो हेरिरहन्छ
आफ्नै सन्तानले डोर्याउँदै सुगम्ता देखाउलान्, 
देश आश लगाइरहन्छ||

फगत! हामी देशको भावना बुझन असमर्थछौँ 
देश मेची-काली कुदिरहन्छ 
बाटो बिराएका सन्तान खोजिरहन्छ 
आफ्ना सपुत सम्झिरहन्छ|| 
(बिमोचन घिमिरे) २०६८|११|१५

ShareThis