Wednesday, March 23, 2016

भिन्नता


कहिलेकाहीं त म
दुबिधामा पर्ने गर्छु
आखिर भिन्नता के छ ?
म र अरुमा

जीवनका पोकापन्तराहरु
फुकाएर हेर्छु
नियाल्छु पोखिएका शब्दहरु
अनि थाहापाउंछु
अरु नशा पिएर मातिदा रहेछन
म शब्द पिएर ।।

२०७२/१२/१० बिमोचन घिमिरे


ShareThis