Saturday, May 19, 2012

क्रान्तिकै बाटोमा ...........

                                                                          नयाँ पुस्ता सँगै नयाँ  क्रान्तीको आवश्यकता पर्छ ।आजको  क्रान्ति बन्दुकको नालबाट होइन बैचारिक तरंगबाट शुरु हुन्छ। तर विचार प्रवाह गर्न साधन त चाहिन्छ ; आजको युगमा अनेक साधन छन् तर कलम र बन्धुक बाहेक सायदै अरु कुनै उपयुक्त साधन होला ।कलमको भाषा बुझ्ने र बिचारको कदर गर्नेलाई कलमको सहायताले नै क्रान्तिमा सम्मिलित गराउनु पर्छ तर कलमलाई नमान्ने ,कलम बोक्ने हातहरु काट्न तत्पर रहने , बिचार बोकेका टाउका फुटाल्न खोज्ने , वकालत गर्ने स्वरहरु दबाउन खोज्ने ,परिवर्तनको लागि चलिएका पाइलाहरु रोक्न खोज्ने त्यस्ता अबुझ्लाई बन्दुकले नै ठिक लगाउनु पर्छ र क्रान्तिलाई निरन्तर जनपक्षीय ढंगले अगाडी बढाउनु पर्छ ।" कुहिएको आलुले  सध्यलाई नि बिगर्छ तसर्थ कुहिएका  दिमाग काम छैनन्" ।कलम र बन्धुक साधन हुन् साध्य होइनन तसर्थ यिनले क्रान्तिलाई संस्थागत गर्न सक्दैनन् ।क्रान्तिको मूल आधार क्रान्तिमा
 सम्मिलित भएका जनबोली नै हुन् ।तसर्थ क्रान्तिलाई संस्थागत गर्नका निम्ति एकमात्र विकल्प सार्भभौम सम्पन्न जनताले
सासन गर्न पाउने एक लोकतान्त्रिक पद्धती नै हुनुसक्छ र हुनुपर्छ ।
                                  नयाँ युगको नयाँ क्रान्तिलाई अगाडी बढाउने पालो युवाको नै हो । इतिहासले पटक पटक युएवा शक्तिको माग राखेको थियो ।इतिहासले सिकाउछ मात्र आएर बर्तमानमा कम गर्दैन ,बर्तमान हाम्रै हातमा छ र येही बर्तामानले भोलि को भबिष्य सुन्क्षित गर्ने छ त्यसैले हामि युवा आज हाम्रो सामु आएको चुनौती बाट पछि हट्नु हुँदैन ।युवा आन्दोलनमा टायर बाल्ने वा ढुंगा हान्ने शक्ति होइनन वा विद्यार्थी आन्दोलनको नाउँमा खुकुरीले एक-अर्कालाई सिध्याउने शक्ति नै हुन् । युवा युगको आवाज हो । परिवर्तन हो युवा । युवा देशको अन्तिम आशा हो । यो यथार्थ सम्पूर्ण देशले र स्वयम् युवाले बुझन जरुरी छ । यो जुझारु शक्ति खेर जानु हुँदैन ।
 आज हाम्रो देश पनि नयाँ क्रान्ति संस्थागत गर्ने आभियानमा छ तर प्रतिगामीहरुले यसलाई देशको अस्तित्व मेटाउने ,सामाजिक सदभाव बिथोल्ने ,सहिष्णूता भत्काउने दाऊ बनिरहेका छन् त्यसैले यो देशका हामी युवाहरु देशको यस्तो संक्रमणकारी अवस्थालाई टुलुटुलु हेरेर बस्न मिल्दैन त्यसैले आऔं हाते मालो गरौँ ,संगै लडौं । तर देशलाई साहायता चाहिएको  बेला हामी देश संगै हुन सक्दैनौ भने हामीले ठाने हुन्छ हामि युवा होइनौ ।
 युवा डग्दैन ,युवा झुक्दैन ,सधैं अगाडी बढछ  परिवर्तनका खातिर निरन्तर ..........................।



ShareThis