शब्दहरु
पिउंदै
आँशुहरु
सजाएर
छिप्पिदै
गएको रातको सन्नाटामा
आफ्नो
चारकुने परिधिभित्र
ऐना
अगाडी
मेरो
म र म स्वयमका
राता-राता
आँखा नियाल्दा
किन
किन अचेल लाग्न थालेको छ
मैले
आँखाहरुमा दृश्य
अडाउन
छोड्नुपर्छ अब
मानसपटलमा
तरङ्ग
फैलाउन
छोड्नुपर्छ अब
खाली
पानामा अक्षर दौडाउँदै
हराएका
आवाजहरु
खोज्न
छोड्नुपर्छ अब
हो
! कहिलेकाहीं यहि यथार्थले
पिरोल्छ
मलाई
उप्रान्त
कलम चलाउन
छोड्नुपर्छ
अब ।।
२०७३/०३/०७
मंगलबार