Saturday, October 25, 2014

खोजिरहेछु !!

खोजिरहेछु !!

त्यो मखमली
त्यो सयपत्री
यो रङ्गीचङ्गी वातावरणमा
रम्दै गरेकी प्रकृति
दन्ते लहर देखाउंदै
जिस्काउँछे मलाई
अश्रुधारा चुहाई
रुवाउँछिन मलाई
म खोजिरहेछु कतै
हातहरु भेट्टिन्छ्न कि यतै
निस्प्राण जीवनबाट
थकित जगतबाट अन्तै
पुर्‍याउँछन कि मलाई
संसार सुस्ताउँछ जहाँ
म खोज्दै छु नौला आशाहरु
हरेक मानिस , हरेक अनुहारहरु
निराश भावनाहरु
एक्लिएका क्षणहरु
म खोजिरहेछु त्राण सबैबाट
म खोजिरहेछु त्यो स्नेही हात
टिका निधारमा .........

२०७१/०७/०८ बिमोचन घिमिरे !!

ShareThis