झुठो म
बोल्दिन
सत्य म
भन्न सक्दीन
कस्तो
विडम्बना !
हो !
यहि
विडम्बनाको दोसाँधमा
म उत्तर
पहिल्याउँछु
उत्तर
अनगिन्ति छन् म संग
तर जवाफ छैन ।
प्रश्नहरु
सोधिरहनु
ति मलाई
झक्झकाउने माध्यम हुन्
जीवनको
गहिराई
एकछिन
रोक्किएर
हेर्न
सिकाउने तितो सत्य ।
पढ्न त
पढेको छु
जीवन
शान्त र सरल छ रे
जे हुन्छ
राम्रैका
लागि हुन्छ रे
तर म एक मानिस
धेरै कमजोरी छन मेरा ।
स्खलित
हुन्छ
पछारिन्छु आवेगमा ...
उ सजग
भएन होला
उसका
बाध्यता होलान
कति
तडपाईहरु बीच
उ
घेरिएको होला
म किन
बिर्सन्छु ?
सम्झिन्छु
भन्दा भन्दै
किन बिर्सन्छु ?
यथार्थका
पानाहरु छारिंदा
म
बिबेकमा बिर्को लगाउंदै
आँखा
चिम्लिन्छु
मुर्मुरिन्छु
झम्टिन्छु
पछारिन्छु
आखिर
फाइदा के ?
खतहरु
पाएर
उपलब्धि के ?
मानेर
चलेको जीवन
त्यहि
मान्यता फलाकिरहन्छ
आफ्नो
अस्तित्व जोगाउने होडबाजी ?
बिचरा
अकास्मात
थाक्छन मान्यताहरु
बिकल्प
बिहिनताको घडी
सम्हाल्न नसक्दाको परिणाम !
आखिरमा दोष
कसको ?
अज्ञानता
को ?
कि अहंकार ?
त्यसैले
जान्नु पर्ने रहेछ
जानेको
दिन म पनि बोल्न सक्छु होला
एउटा स्वर्णिम कल्पना ...
आजलाई
म केवल
प्रश्नहरु सुन्छु
तर
उही बिडम्बना
झुठो म
बोल्दिन
सत्य म
भन्न सक्दीन ।।
२०७५/०१/१०