Friday, July 24, 2015

विभाजन


सियासी मोहरको
बन्द इशारामा
कोरिएका सीमारेखाले
जब सम्बन्ध र मनहरुबीच
दरार ल्याउन सक्दैन
तब दुई तर्फका सियासी सकुनीहरु
हतियार समाउँछन

काँडेतार बेरिएको दशगजाभित्र
एकअर्कालाई तेर्साउँदै
जबरजस्त
आफ्नाहरू रेटीन्छन
भगाइन्छ्न, लुटिन्छन
प्रतिकारगर्नेहरुलाई दोषी करार गरिन्छ 

सिङ्गो उभिएको धर्ति विभाजित हुन्छ 
र
निर्दोषका रगतले लतपतिएको
दुई मुलुक जन्मिन्छ ।।



ShareThis