आउ साथी आफ्ना आङका भैसी छोप्दै
हामी पनि अरुका आङको जुम्रा केल़ाऔं।।
परिवर्तका नारा फलाक्दै
चोर फटाहा राष्ट्रघाती भन्दै
अरुका पुत्ला जलाऔं
आउ साथी हामी पनि जुम्रा केलाऔं ।।
यसो
शहर बजार डुल्न जाऔं
कसैले
प्रगति गर्दै छन् कि !
मिलेर
खुट्टा तानौं
अनि
संगै राती
देशको
अवस्था सम्झदै आशु बगाऔं
आउ
साथी हामी पनि जुम्रा केलाऔं ।।
नियम
तोड्न मन हुँदैछ
मानेर
पो को हिंड्या छ र ?
त्यसैले
आउ एक दुइवटा रेलिंग नाघौँ
दश
बिस ओटै सिग्नल तोडौं
अनि
थकित भएर ,चिया चुस्की लाउँदा
हामी
नि नैतिकताका गफ लगाऔं
आउ
साथी हामी पनि जुम्रा केलाऔं ।।
लाइसेन्स
बिनै गाडी चलाऔं
वान
वे होस् या साँघुरो गल्लि
जबर्जस्ती
घुसौं
ट्राफिक
आए, मिलाएर खुवाऔं
अनि
संगै गर्जिएर
भ्रष्ट्राचार
बिरुद्ध नारा लगाऔं
आउ
साथी हामी पनि जुम्रा केलाऔं ।।
पत्रकार
हामी बिरुद्ध लेख्ला
हामी
उनीहरुका बिरुद्ध लेखौं
साह्रो
टेस परे
एकदुई
जानाका टाउका फोडौं
गाडीका सिसा तोडौं
अनि फेरी हात मिलाउंदै
प्रेस स्वतन्त्रताको बिगुल फुकौं
नागरिक हकहितको भाषण गरौँ
नागरिक हकहितको भाषण गरौँ
आउ
साथी हामी पनि जुम्रा केलाऔं ।।
किन
डराउँछौ साथी ?
हामी
जनता हौँ
सार्भभौमशक्ति
सम्पन्न जनता
त्यसैले
आउ अधिकारको नारा लगाउंदै गरौँ
कर्तव्यका
करङ भाँच्दै जाऔं
सुर्योदय देखि सुर्यास्त सम्म
खल्ती भर्दै जाऔं ,देश कङ्गाल पार्दै जाऔं
अनि संधै
मोबाइलमा लुकेको राष्ट्रिय गान बजाउंदै
देश बिग्रेको समाचार सुन्दै
मध्यरातमा नेतालाई सराप्दै
आउ साथी आफ्ना आङका भैसी छोप्दै
हामी पनि अरुका आङको जुम्रा केल़ाऔं।।
२०७०-११-१७
Copy Right 2014 ©बिमोचन घिमिरे