एउटा दशकको अन्त्य गर्दै नयाँ जोश, सम्भाबना, आशा, चुनौती बोकेर आएको यो नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!
हिजोको दशकमा यो देशले आन्दोलन देख्यो , युद्ध देख्यो ,परिवर्तनका लागी
थालिएको बिभिन्न कदम देख्यो तर स्थाहित्व देखेन , शान्ती देखेन , परिवर्तन
देखेन । तर अबको यो दशकले ति बाँधहरु भत्काउँदै देशलाई आगाडी प्रगतिपथमा
बगाउनु छ । यसको जिम्म्भेवारी कसैको काँधमा छ भने त्यो हामी युवा कै
काँधमा छ ।
पहिलेका दशकमा युवा शक्ती कसैले चिनेन । युवा सिमित स्वार्थ पुर्तिका
पिउसा बने । युवाको जोश जाँगर बिध्वंसमा मात्र प्रयोग गरियो । युवा सडक
बन्द गर्ने , ढुङ्गा हान्ने , घर जलाउने , गाडी जलाउने जस्ता कार्यको लागी
मात्र प्रयोगमा आए । युवा पैसा , पावरको लोभमा बहके आफ्नो स्वाभिमान
बेचे , यस बाहेक न युवालाई कहिले माथी पुग्न दिईयो न पुग्ने वातवरण नै
तयार गरियो । युवालाई अपराधिकरणमा मात्र प्रयोग गरियो बितेका कयौँ दशकमा ।
तर अब समय बदल्नु छ । यो दशक माहान प्राप्तिको वा डरलाग्दो दुर्घटनाको
दशक हो । यो दशकमा नि देशको बिद्यामान अवस्थालाई फेर्न हामी सफल भएनौ भने
नेपाल देश इतिहासको कुनै काल कोठरी भित्र हराउन बाध्य हुन्छ ।
यो दशक गर वा मर , वार कि पार को दशक हो । बिगतका कयौँ दशकमा यो देशले
भोगेको बैदेशिक हस्तक्षप अबको झन् जटिल भू-राजनीतिक अवस्थामा यो देशले
नभोग्ला भन्न सकिंदैन । यस्तो अवस्थामा हामीले आफ्नो आन्तरिक ब्यबस्थालाई
बलियो , अग्रगामी , प्रतिस्पर्दी बनाएनौ भने ति शक्ति राष्ट्र
भनाउँदाहरु झन् सक्रिय हुन्छन । यो देशमा बिद्यमान धार्मिक ,जातिय
,क्षेत्रीय , राजनैतिक सहिष्णुतालाई भताभुङ्ग , क्षतबिक्षत बनाएर हाम्रो
राष्ट्रियता , स्वाभिमान , भाइचारालाइ निश्तेज पार्न उनिहारू अझ दिन दुई
गुणा रात चौ गुणा सक्रिय भएर लाग्नेछन। र भोलिको विश्व मानचित्रबाट नेपाल
हटाउन साम दाम दण्ड भेद सबै प्रयोग गर्ने छन । किन भने नेपाल सम्भावनाले
भरपुर विश्व हाक्ने तागत भएको मुलुक हो जुन सफल भएमा सामन्ती , गरिबमारा
विश्व माफियाहरु सिद्धिनेछन र विश्वको बागडौर बास्तबमा प्रगतिवादि समाजवादी
जनाताको हातमा आउने छ । जुन उनीहरु चाहाँदैन्न ।
नेपाल प्रचुर सम्भावनाको मुलुक हो । जनमुखी विश्व कुनै देशले हाक्न सक्छ
भने त्यो देश नेपाल नै हो । यहाँ अनगिन्ति अवसर छ । प्रगति , सम्पन्नताको
यहाँ अनगिन्ति खानि छ । तर नजिकको तिर्थ हेला भनेझैं यी दशकहरुको अवधिमा
हामीले हाम्रा सम्भावना नियाल्ने काम गरेनौं । यहाँ यस्तो छ र उस्तो छ
भन्दै वाक्क लाग्दो अर्थहीन प्रचार मात्र गर्र्यौं तर माटो खनेर सुन
फलाउने जमर्को हामी कसैबाट भएन । देशका कर्णधार मानिएका युवाले आँखा
चिम्लिएर विदेशीका लोभ लालचमा आफुलाई बेचे । देशमा केहि छैन , यो देश
कहिल्यै बन्दैन , यहाँ केहि गर्न सकिंदैन भन्दै यहाँ भएका प्रचुर
सम्भावनाको ख्याल नै नगरी मुर्ख आवेगमा आएर पलाएन भए । जब देश बन्छ हामी
फर्कन्छौं भन्दै बेला बखत राष्ट्रियताका , देश प्रेमका ढोंगी बक्तव्य
निकाले र हराए । तर उनुहरुले बुझेन्न वा बुझ्न चाहेन्न कि देश अरु कोहि
आएर बनाइदिने होइन आफैले होस्टेमा हैंसे मिलाउंदै , एक छाक मकै एक छाक
भोकै भए नि रगत पसिना एक गरेर आफैले बनाउने हो । तर उनीहरुले यो कहिल्यै
सोचेन्न र सधैं दशकौ दशक देशलाई सरापी रहे ।
अब आँखा खोल्नु पर्छ । अझै नि देश बाँचेको हेर्न मन छ भने । देश हाँसेको
हेर्न मन छ भने । देश बनेको हेर्न मन छ भने हामीले बन्द गरि राखेका हाम्रा
राष्ट्रवादी आँखा खोल्नै पर्छ । हामीले नियाल्नु पर्छ देशका कुना काप्चा ।
देश कुन अवस्थामा जेन तेन घस्री घस्री हिंडिरहेछ । बिगत जे जस्तो भयो
त्यसलाई सम्झेर र खाटो बसेका घाउ कोट्टाएर केहि फाईदा छैन घाउ दुख्छ मात्र ।
अब बर्तमान राम्रो बनाउँदै सुनौलो भविष्यको रुप रेखा कोर्नु छ जसले गर्दा
अब आउने पुस्ताले हामीले जस्तो गल्ति नगरुन र देश थप प्रताडित हुन नपरोस ।
हिजो सम्म सुतेका युवा शक्ति अब जाग्नु पर्छ । यो दशक युवाको दशक हो । अब
युवा डराउने होईन गर्विलो इतिहासको कवचले बनेको चौडा छाती फुलाएर देश जनता
बिरुद्ध लाग्ने देशी बिदेशी शक्तिहरुलाई पन्छाउँदै समृद नेपाल निर्माणको
अभियानमा हातेमालो गर्दै लाग्नु पर्दछ । युवा कुनै व्यक्ति बिशेष , पार्टी
बिशेषको स्वार्थ पूर्ति गर्ने अखडा होईन राष्ट्र बनाउने साधन हुनु पर्दछ ।
केहि सिमित पैसा , मासु भातको लोभमा परेर राजनीतिको नाममा बन्द ,आगजनी
गर्ने जस्ता मानवता रहित काम गर्न अब युवा तल्लिन हुनुहुँदैन । आफु भित्र
रहेको रचनात्मक , सिर्जनात्मक सोचलाई अझ तिखार्दै समय अनुकुल ढङ्गमा
आ-आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा लाग्नु पर्दछ युवा यो दशकमा ।
क्षेत्रीयता ,जातीयता,धार्मिकता भन्दा माथि उठेर अब युवा सम्पूर्ण
राष्ट्रको हुनुपर्दछ । देशमा केहि छैन भन्दै बाहिरिहेका बिदेशका बिकासमा
रमाएका युवा पनि अब फिर्नुपर्छ । देश बाहिर बसेर केहि डलर सहयोग भन्दै
फ्याँकेर र केहि शब्द राष्ट्रियताको फलाकेर देश बन्दैन , आफ्ना मलिला माटो
,खेत बाँझो राखेर खाडीका मरभुमिमा कोदालो खनेर देश बन्दैन , नेपाली
भइन्दैन ।
अब हामीले आफ्नै मुलुक सुहाउँदो बिकासको नक्सा कोर्नु छ । यहि दशक हो
हामीले लागिपर्ने । आफ्नो हरेक तागत लागाएर यो दशकमा देशको काँचुली फेर्न
सक्यौं भने हामी विश्वकै समृदशाली , परगतिवादी देश हुनेछौ । बुद्ध र
सगरमाथाले आजसम्म धानेको हाम्रो स्वाभिमानको आयतन अझ फराकिलो हुनेछ । हामी
नेपाली विश्वको कुनै पनि कुनामा पनि परिचित हुनेछौं । हामी माथि कसैले पनि
औंला तेर्साउन सक्नेछैन । तर यदि हामी यो दशकमा पनि चुक्यौं भने हाम्रो
परिचय हाम्रो स्वाभिमान खतरामा पर्ने छ । हाम्रो मुलुक असफल राष्ट्रको
सुचिमा टाङ्गिने छ । नेपाल,नेपाली र नेपालीत्व संकटमा पर्नेछ । तसर्थ अब
हामी जाग्नेपर्छ । ढिलो त भईसक्यो तर अति ढिलो हुनबाट हामी जोगिनै पर्छ ।
हामीले धेरै समय कुरामा , लडाईंमा बितायौं अब काम गरेर बिताउने समय आएको छ ।
कर्तब्य र अधिकारको क्षेत्रफललाई समान बिन्दुमा राखेर अब हामी अगाडि
बढ्नुको कुनै विकल्प छैन । सबलाई चेतना भया !!
बिमोचन घिमिरे
यो लेख नेपाल प्रगतिसील युवा मंच को ब्लग
http://npym2010.blogspot.com/
मा पनि राखिएको छ ।